site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भाडाका सटर सात दिनभित्र खाली गराउन सामुदायिक विद्यालयलाई महानगरको ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायत सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गराउन निर्देशन दिएको हो ।

विद्यालयका व्यावसायिक प्रयोजनका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले यहाँका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने गरेको पाइएको बताए ।

Dabur Nepal
NIC Asia

उनले महानगरभित्र ३७ विद्यालयले सटर भाडामा दिएको जानकारी गराए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र उनीहरूलाई कक्षाकोठा साँघुरो भएको उनले उल्लेख गरे । विद्यालयको स्थान विद्यार्थीका निम्ति नै प्रयोजन गर्ने हेतुले महानगरपालिकाले यो नीति लिएको उनले बताए ।

“...३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ । सात दिनको म्याद दिएका छौँ, सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ,” उनले भने, “विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।”

महानगरले आइतबार (हिजो)देखि यो अभियान अघि बढाएको हो । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro