site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादवको रिट पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि दल विभाजनविरुद्ध दायर भएको मुद्दामा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको थियो । दोस्रो दिनको सुनुवाइपछि तीन न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले ऐन अभावमा नियमावलीमा टेकेर दल दर्ता गरिदिएको थियो । अध्यादेश जारी भएका बेलाको नियमावलीमा टेकेर मूल ऐन नै नभएका बेला दल दर्ता गरिदिएपछि यादवले दर्ता प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले गम्भीर संवैधानिक प्रश्न भएकाले अन्तरिम आदेश माग गरेका छन् । तर, अन्तरिम आदेशका विषयमा निर्णयका लागि भएको छलफलमा पूर्ण इजलासमा पठाउने आदेश भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro