site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटेलबीच छुट सम्झौता

काठमाडौं । भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहास्थित होटेल तथा रेस्टुरेन्ट सेवामा विशेष छुट दिने सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकको गण्डकी प्रदेशकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजालगायत होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Dabur Nepal
NIC Asia

सम्झौताबमोजिम प्रभु बैंकका कर्मचारी र ग्राहकले आवासमा आठदेखि १५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

भरतपुर विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीयस्थलका रूपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधामलगायत रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्न यो उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro