site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी हुन् भारतमा शपथ लिने सम्भावित ४३ मन्त्री
फाइल तस्बिर

काठमाडौं । भारतमा नरेन्द्र मोदीले आइतबार साँझ सभा ७ बजे तगातार तेस्रोपटक प्रधामन्त्रीको शपथ लिँदै छन् । आफूले शपथ लिनुअगाडि आइतबार नै मोदीले आफ्नो मन्त्रिपरिषद्‌मा सहभागी हुने सम्भावित व्यक्तिहरूलाई निवासमा बोलाएका थिए । मोदीले आफ्नो हरेक शपथग्रहणअगाडि यस्तो बैठकको आयोजना गर्दै आएका छन् । 

मोदीले आइतबार आफ्नो निवासमा ४३ व्यक्तिलाई बोलाएका थिए, जसले आइतबार नै मन्त्रीको शपथ लिने अड्कल काटिएको छ । उनीहरूलाई राष्ट्रपति निवासबाट शपथग्रहणको लागि उपस्थित हुन भन्दै फोन गइसकेको भारतीय मिडियाले जनाएका छन् । 

आइतबार भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट कम्तिमा ३३ जनाले मन्त्रीको शपथ लिनेछन् । जनता दल (युनाइटेड) र तेलुलु देशम पार्टीका तर्फबाट कम्तिमा दुई/दुईजनाले आइतबार मन्त्रीको शपथ लिनेछन् । 

भारतीय मिडियाले स्रोतलाई उद्धृत गर्दै आइतबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि केन्द्र सरकारको मन्त्री पदको शपथ लिने सम्भावना रहेको बताएका छन् । जनता दल (युनाइटेड)को तर्फबाट ललन सिंह र रामनाथ ठाकुरलाई मन्त्री बनाइनेछ । लोक जनशक्ति पार्टी (लोजपा)का चिराग पासवान र हिन्दुस्तानी आवाम मोर्चाबाट जीन राम माझीले पनि मन्त्रीको शपथ लिने जनाइएको छ । 

यस्तो छ नरेन्द्र मोदीको सम्भावित मन्त्रीहरूको सूची : 

१. अमित शाह

२. मनसुख मन्डाविया

३. अश्विनी वैष्णव

४. निर्मला सीतारमण 

५. पीयूष गोयल

६. जीतेन्द्र सिंह

७. शिवराज सिंह चौहान

८. हरदीप सिंह पुरी

९. एचडीके

१०. चिराग पासवान

११. नितीन गडकरी

१२. राजनाथ सिंह

१३. ज्योतिरादित्य सिंधिया

१४. किरण रिजिजू

१५. गिरीराज सिंह

१६. जयन्त चौधरी 

१७. उन्नामलाई

१८. एम.एल. खट्र

१९. सुरेश गोपी

२०. जीतन राम माझी 

२१. रामनाथ ठाकुर

२२. जी किशन रेड्डी

२३. बन्दी संजय

२४. अर्जुन राम मेघवाल

२५. प्रह्लाद जोशी

२६. चन्द्रशेखर चौधरी

२७. डा. चन्द्र शेखर पेम्पासानी

२८. राम मोहन नायडू किंजरापु

२९. रवनीत सिंह बिट्टु

३०. जितीन प्रसाद

३१. पंकज चौधरी

३२. बीएल वर्मा

३३. ललन सिंह

३४. सर्बानन्द सोनोवाल

३५. अनुप्रिया पटेल

३६. प्रताप राव जाधव

३७. अन्नपूर्ण देवी

३८. रक्षा खडसे

३९. शोभा करंदलाजे

४०. कमलजीत सहरावत

४१. राव इन्द्रजीत सिंह 

४२. हर्ष मल्होत्रा 

४३. रामदास अठावले 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro