site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार गठनविरुद्धको मुद्दा ढुंगाना, मुसलमान र पोखरेलको पूर्ण इजलासमा 

विराटनगर । कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबारबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा रिटको सुनुवाइ हुने भएको हो । 

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्त गरेकाले सरकार गठन प्रक्रिया बदर हुनुपर्ने मागसहित कार्कीले गएको वैशाख २८ गते रिट दायर गरेका थिए  ।

रिटमा अन्तरिम आदेश माग गरिएको थियो । तर, अदालतले अन्तरिम आदेश भने दिएन । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई समर्थन गर्ने सांसदहरूले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिएका थिए । 

सो अवधिमा विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका हिक्मत कार्कीलाई सोही धारा अनुसार वैसाख २७ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । 

कोसी सरकार गठनविरुद्ध परेको रिटमाथि गत बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका एमालेका प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एक पटक विश्वासको मत लिएपछि दुई वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro