site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘पाँचैवर्ष सरकारको नेतृत्व’ गर्ने प्रचण्ड सपनाको संकेत के हो ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचवर्षे प्रधानमन्त्री पदमै रहने आफ्नो ‘सपना’ पार्टीको गण्डकी प्रदेशस्तरीय भेलामा व्यक्त गरे ।

फरक–फरक पार्टीहरूसँग सहकार्यमा कार्यकाल थप्दै आएका प्रधानमन्त्री दाहालले पार्टी एक ढिक्का भए पाँच वर्ष नै आफ्नो सरकार टिक्न सक्ने बताएका हुन् ।

त्यसो त, उनले अझै ‘उथलपुथल’ अभिव्यक्ति दिँदै ‘अस्थिर पहिचान’ बनाएका छन् । ३५ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डले बुधबार गण्डकी प्रदेशस्तरीय राजनीतिक÷वैचारिक प्रशिक्षणमा पोखराको सभागृहमा आफ्नै नेतृत्वप्रति कार्यकर्ताको विश्वास र भरोसा जगाउने प्रयत्न गरे ।

Dabur Nepal
NIC Asia

उनले पार्टीभित्रका स्वार्थ र गुटले पार्टीलाई कमजोर बनाउने भन्दै पार्टी एक ढिक्का भए आफ्नो सरकारसमेत पाँचै वर्ष टिक्नसक्ने बताए ।

“अलिकति पार्टी एक ढिक्का भइदिने हो भने...” प्रधानमन्त्री दाहालले भने, “त्यसो भयो भने मैले के देख्छु भने पाँचैवर्ष यही सरकार जाने सम्भावना छ । अब हामीभित्रै भाँडभैलो भयो भने चाहिँ गाह्रो छ ।” पार्टीभित्रको एकता कायम राख्दै सरकारलाई निरन्तरता दिने प्रयासमा रहेका दाहालले गठबन्धन बदल्दा हरेक पटक आफ्नो कार्यकाल थप्दै आएका छन् ।

कांग्रेससँग चुनावी गठबन्धन गरेका दाहालले कांग्रेसबाट असम्भव देखेपछि बालकोट पुगेर ०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए ।  प्रधानमन्त्री बनेपछि पुनः कांग्रेससँगको गठबन्धनमा फर्किएका दाहाल ०८० चैत २१ गते कांग्रेसलाई थाहै नदिइ गठबन्धन तोडेर एमालेसँगकै सहकार्यमा छन् ।

हरेकपटक गठबन्धन फेर्दा आफ्नो कार्यकाल बढाइरहेका दाहालले कांग्रेससँगको सहकार्यमा हुँदा दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । त्यो सहमति एमालेसँगको सहकार्यमा फर्किंदा नै तीन वर्ष पुगिसकेको छ ।

सत्ता परिवर्तन हुनुअघि विभिन्न अभिव्यक्ति दिने गरेका दाहालका अधिभव्यक्तिको अभिप्राय भने उनको लक्ष्य हासिल गरेपछि मात्र थाहा हुने गरेको टिप्पणी विश्लेषकको छ ।

उनले चैत १५ मै आफूले सरकारलाई प्रभावकारी बनाउन नसके, संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्न नसके ‘उथलपुथल’ गरिदिने बताएका थिए । 

प्रधानमन्त्री दाहालले चैत १५ मा दिएको अभिव्यक्तिको अर्थ बनेको थियो, हेरफेर वा अदलबदल । उनले आफूलाई प्रधानमन्त्रीको केन्द्रमा राखेर सत्ता गठबन्धन अदलबदल गरेका थिए ।
 
त्यसबेला प्रधानमन्त्री दाहालले चैत १५ मा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा सन्दर्भ भने संघीयताको कार्यान्वयन र त्यससँग जोडिएका कानुन निर्माणलाई बनाएका थिए ।  उनले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय प्रहरी ऐनसँग जोडेर त्यस्तो अभिव्यक्ति दिए पनि ती कुनै पनि ऐन बनेका छैनन् । 

“म के भन्छु भने साँच्चै यी कुनै पनि काम अघि बढन सकेन भने मैले अर्को ‘उथलपुथल’ गर्न बेर लाग्दैन,” उनकै भनाइमा, त्यो मैले अरुलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो ।’’

उनले अघिल्लोपटक फागुनमा कांग्रेससँग गठबन्धन गरेको झन्डै एक वर्षपछिको विषय त्यो बैठकमा राख्दै आफ्नो पद लम्ब्याउन गठबन्धन नफेरेको बताएका थिए । त्यसो भनेको सात दिनमै उनले गठबन्धन फेरेर भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि गठबन्धन फेरेको भनिसकेका छन् ।
 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा भ्रष्टाचार नियन्त्रणका लागि गठबन्धन फेरेका प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा के के गरे भनेर प्रश्न उठाइरहेकै छ । 

तर, यही बीचमा प्रधानमन्त्री दाहालको ‘पाँचवर्षे सपना’ सार्वजनिक भएको छ । सन्दर्भ मिलाएर आफ्ना कमजोरी र मनोकांक्षासमेत बताउने प्रचण्डले आफ्ना कार्यकर्तालाई पनि नेतृत्व परिवर्तनको सपना नदेख्न आग्रह गरेका छन् । 

“हामी सबै पार्टीको पक्षमा हुँदा महान भइन्छ, विचारको पक्षमा हुँदा महान भइन्छ, लिडरशीपको पक्षमा (अब त यो भन्न मिल्यो नि मैले त) क्रान्ति कहाँ लग्यो, के हो के हो भन्ने छ र त्यो डाउट (शंका) छैन होला नि तपाईंहरूलाई ? कि अर्को नेतृत्व खोज्ने इच्छा छ र अहिले ?,” कार्यकर्तालाई प्रचण्डले भने, “खोजेर हुने भए त अस्तिनै भइसक्थ्यो ।”

उनले आफूले नेतृत्व छोड्ने बेलामा आफै उत्तराधिकरी बनाउने भन्दै धेरै नेताहरू उत्तराधिकारी बनुन् भन्ने चाहना त्यसबेला हुने बताए ।  एमालेका प्रमुख सचेतक महेश बर्तौला प्रधानमन्त्रीका पाँच वर्षे सपनामा प्रश्न उठाउनुको औचित्य नभएको र ती अभिव्यक्ति र ‘कोलिसन पार्टनर’का सहमति आ–आफ्नो ठाउँमा महत्व राख्ने बताउँछन् ।

उनको भने, “सहमतिबाट अघि बढ्ने हो, उहाँलाई त्यो भन्ने सुविधा छ । उहाँलाई पाँच वर्ष मात्र होइन, पाँच वर्षपछि एकल बहुमत ल्याएर प्रधानमन्त्री बनिरहन्छु पनि भन्न सक्नुहुन्छ । यो गठबन्धन सरकार हो भन्ने तथ्य उहाँलाई राम्रोसँग हेक्का छ ।’’

उनले गठबन्धन सरकार बन्दा एउटा खालको सहमति भएको उल्लेख गर्दै एमालेले प्रधानमन्त्रीलाई म्यादी बनाउन नखोजेको बताए । उनी भन्छन्, ‘‘यो उहाँले स्मरण गर्नु हुन्छ भन्ने हामीलाई विश्वास पनि छ ।”

प्रचण्ड प्रवृत्ति कमजोरतिर

वाम राजनीतिज्ञ राधाकृष्ण मैनाली भने प्रचण्ड प्रवृत्ति अब कमजोर हुने बताउँछन् ।  वाम ध्रवीकरणले स्वाभाविक रुपमा प्रजातान्त्रिक ध्रुवीकरण निम्त्याउने र जसको पल्लाभारी हुन्छ उसैले शासन संचालन गर्ने उनको विश्वास छ ।

उनले तर्क अघि सार्दै भने, “नेपालको राजनीतिमा सबैभन्दा खराब रुपमा आएको प्रचण्ड प्रवृत्ति नै हो । प्रचण्ड प्रवृत्ति भनेको सत्ता कसरी पाइन्छ, त्यही खाने प्रवृत्ति हो ।” 

उनको ब्ुझाइमा अव ‘वाम पार्टीहरू एक ठाम’ हुँदै जाँदा लोकतान्त्रिक धार पनि ध्रुवीकरणमा जान्छ ।  यो दुई धारे राजनीतिलाई छिमेकसहितको अन्तर्राष्ट्रिय राजनीतिले पनि प्रोत्साहित गर्छ । त्यसैले अब नेपालको राजनीतिमा सुधार आउने उनको टिप्पणी छ ।

उनी कम्युनिष्टहरू एमाले, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिँदा अर्काे प्रजातान्त्रिक धार पनि बन्ने विश्लेषण गर्छन् ।  उनी भन्छन्, “अर्को ‘डेमोक्रेटिक व्लक’ कम्युनिष्टहरू एक ठाउँ जाँदा नै सँगसँगै सुरू भएको छ । यसमा कसले जित्छ त्यसकै सरकार बन्ने हो ।”

अर्का विश्लेषक डा. विष्णु दाहाल भने प्रधानमन्त्री दाहाल तेस्रो पटक प्रधानमन्त्री भए पनि आफ्नै पार्टीका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाएर पछि थप सूचनाबाट शक्तिशाली महसुस गरिरहेको बताउँछन् । 

उनी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका व्यक्तिगत सूचनासमेत राखेर उनीहरूभन्दा आफूलाई उत्कृष्ट बनाउने प्रयासमा लागिरहेको बताउँछन् ।

“प्रचण्डलाई पछिल्लो समय गृहमन्त्री आफ्नै पार्टीसँग राखेर राखेर प्रधानमन्त्री हुँदा ओली र देउवाका व्यक्तिगत सूचना राखेर आफूलाई उत्कृष्ट लाग्न थालेको छ । त्यो काण्डहरू सुरक्षित राखेर उनी आफूलाई उनीहरूभन्दा क्लिन छु भन्ने लागेको छ,” डा. दाहालले बाह्रखरीसँग भने, “शिविरमा भएको घोटालाबाहेक आफूमाथि सीधा चार्ज लाग्ने काण्डहरू छैनन् भन्ने उनको विशवास देखिन्छ । अरुका काण्डहरूबाटै कमजोर बनाएर आफूलाई उत्कृष्ट बनाउन सकिन्छ भन्ने बुझाई उनमा छ ।”

उनले त्यसबाहेक रवि लामिछानेको उदयलाई प्रचण्डले उपयोग गर्न चाहेको पनि विश्लेषण गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu