site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको शपथमा विदेशीलाई निम्तो, स्वदेशमै विपक्षीलाई नबोलाएको गुनासो
फाइल तस्बिर

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन विदेशी राष्ट्राध्यक्ष, उपराष्ट्रपति र सरकार प्रमुखसमेत आठ उच्चस्तरीय अतिथिलाई निम्तो गरिएको छ । तर, स्वदेशमै भने विपक्षी नेताहरूले आफूहरूलाई निम्तो नदिएको बताएका छन् । 

कांंग्रेस नेता केसी बेणुगोपालले विपक्षी नेतालाई शपथग्रहण समारोहमा उपस्थितिका लागि निम्तो नदिइएको बताए ।कांगेसका अर्का नेता जयराम रमेशले भनेका छन्, “प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहका लागि इन्डिया गठबन्धनका नेतालाई निम्तो दिएको छैन । हाम्रो इन्डिया गठबन्धनका नेतालाई निम्तो पाएमा हामी त्यसबारेमा विचार गर्नेछौँ ।”

Dabur Nepal
NIC Asia

पश्चिम बंगालका मुख्यमन्त्री तथा टीएमसीकी नेतृ ममता बनर्जीले पनि आफूलाई निम्तो नआएको बताएकी छन् । उनले भनेकी छन्, “एक असंवैधानिक र गैरकानुनी पार्टीको सरकार गठनका लागि शुभकामना दिन सकिँदैन । यो सरकारको गठन गैरकानुनी र अलोकतान्त्रिक तरिकाबाट भइरहेको छ । हामी भाजपा फुटाउन चाहँदैनौँ । तर, यस भित्रैबाट यो टुट्नेछ । त्यो पार्टीका मानिस खुसी छैनन् । ’

बनर्जीले थप भनेकी छन्, “४०० पारको नारा लगाउनेवाला आफ्नो बुँतामा बहुमत हासिल गर्न पनि असफल भएको छ । एनडीएले सरकार बनाउने दाबी गरेको छ । यसको मतलब यो होइन कि अगाडि केही पनि हुने छैन । हामी परिस्थितिमा नजर लगाइरहेका छौँ ।” बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro