site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
युगान्डाविरुद्ध ब्याटिङमा वेस्ट इन्डिज
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

आइतबार गुयनास्थित प्रोभिडेन्स रंगशालामा हुने खेलका लागि भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोभमन पावेलले ब्याटिङको निर्णय गर्दै युगान्डालाई फिल्डिङको निम्तो दिएका हुन् ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा वेस्ट इन्डिजको यो दोस्रो खेल हो । समूह ‘सी’ मा रहेको वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

युगान्डाको भने यो समूह चरणको तेस्रो खेल हो । जारी विश्वकपमा जितविहीन युगान्डाले यसअघि पहिलो खेलमा अफगानिस्तानविरुद्ध १२५ रनको हार बेहोर्दा दोस्रो खेलमा भने पीएनजीविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

एक खेलबाट दुई अंक जोडेको वेस्ट इन्डिज समूह ‘सी’ को दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको युगान्डा तालिकाको तेस्रो स्थानमा छ ।

विश्वकपमा युगान्डाको यो पहिलो सहभागिता हो । यता, वेस्ट इन्डिजले भने सन् २०१२ र २०१६ को गरी दुई पटक विश्वकपको उपाधि जितिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro