site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सञ्चारमन्त्रीको स्वीकारोक्ति– मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताको राष्ट्रिय भेलामा उनले यस्तो बताएकी हुन् ।

राष्ट्र र जनताको हितमा हुने गरी मात्र वैदेशिक सहायता भित्र्याउन उनले सामाजिक संघ–संस्थालाई सचेत पनि गराइन् । “सरकार वैदेशिक अनुदानमा, वैदेशिक ऋणमा चलिराखेको छ । सरकारको निकाय हो, समाज कल्याण परिषद् । त्यसले विभिन्न खालको आईएनजीओबाट पैसा लिइरहेको छ भने हामीले हाम्रो राष्ट्र र जनताको हितविपरीत हुने गरेर ऋण लिनु हुँदैन,” उनले भनिन् ।

सरकारले मुलुकको समृद्धिका निम्ति कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको उनले उल्लेख गरिन् ।

उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको उनले जिकिर गरिन् । उनले उत्पादन वृद्धि हुने गरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघ–संस्थालाई निर्देशन दिइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro