site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाकाे कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि शुक्रबार चारवटा मन्त्रालयसँग दफावार छलफल गरेको छ । 

समितिले सञ्चार तथा सूचना प्रविधि, गृह, कानुन र श्रम तथा रोजगारी मन्त्रालयसँग सम्बन्धित विषयमा केन्द्रित रही विधेयकमाथि छलफल गरेको समितिका सभापति विमला सुवेदीले जानकारी दिइन् । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्‌म गिरीको संयोजनमा बिहीबार पनि ती मन्त्रालयसँग छलफल भएको थियो । यसअघि समितिले विधेयकमा दुई पटक छलफल गरी अधिकांश विषयमा सहमति कायम गरिसकेको छ ।

समिति सभापति सुवेदीले सञ्चार तथा सूचना प्रविधि, गृह, कानुन र श्रम तथा रोजगारी मन्त्रालयसँग सम्बन्धित अधिकांश विषयमा सहमति भएको बताइन्। उनले भनिन्, “वैदेशिक रोजगारी पठाउने म्यानपावर कम्पनीले जिम्मेवारीविपरीत काम गरेमा एक लाख जरिबाना गर्ने व्यवस्था रहेकोमा अब कम्पनीको निर्णयबाट कति पीडित भए जनही ५० हजार रुपैयाँका दरले जरिबाना तिर्नुपर्ने नयाँ प्रावधान राख्ने सहमति भएको छ ।”

बाँकी मन्त्रालयसँग उक्त विधेयकमा सहमति कायम गर्न आगामी दिनमा क्रमशः छलफल हुने उनले जानकारी दिइन् ।  सभापति सुवेदीले भनिन्, “अब यो विषयले धेरै समय लिँदैन । दुई/चारवटा बैठकबाट टु‌ंगिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro