site stats
बाह्रखरी :: Baahrakhari
देश
गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने उनले बताए । “छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको परिपेक्षमा अब हामीले दुविधा राख्नुपर्ने अवस्था मैले देखेको छैन,” उनले भने, “एक महिना भित्र हामी नियमावली बनाउँछौँ ।”

Argakhachi Cement Island Ad

कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए । यसरी अध्ययनका लागि स्वीकृति दिएको विषयमा गृह मन्त्रालयले बाधा नपुर्‍याउने उनको भनाइ छ ।

अध्ययन अनुसन्धान गर्ने कुरामा गृह मन्त्रालयले नियमावली बनाएर बाटो खोल्ने पनि मन्त्री लामिछानेले बताए । वन मन्त्रालयसँग अलिकति समन्वय आवश्यक पर्ने उनको भनाइ छ । सरकारले नै नीति तथा कार्यक्रममा ल्याएको कुरालाई मन्त्रालयले सहजीकरण गर्ने मन्त्री लामिछानेले बताए । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्