site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्छ : शेरबहादुर तामाङ

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्ने बताएका छन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले औषधीय प्रयोजनका लागि गाँजा खेती खोल्दा निश्चित व्यापारीलाई मात्र दिन नहुने बताएका हुन् ।

उनले ऐन र नियम चाँडो बनाएर जनतालाई आयआर्जनको बाटो खुला गर्नुपर्ने बताए । तर, गाँजा खेतीको खुला गर्ने भनेर निश्चित व्यापारीलाई अधिकार दिन नहुने उनले बताए ।

“कुनै व्यापारिक घराना र व्यापारीलाई गाँजा खेती खुला गर्न हुँदैन । सबै किसानलाई खेती गर्न दिनुपर्छ,” उनले भने, “खेती गरेपछि त्यसबाट उत्पादन हुने कच्चा पदार्थ कुनै कम्पनी तथा औद्योगिक घरनाले खरिद गर्न सक्छन् ।”

त्यस्तै गाँजा प्रयोग पर्यटन क्षेत्रमा खोल्नुपर्ने बताए । नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गरेर संसद्मा बुझाएको भन्दै यसलाई चाँडो मान्यता दिनुपर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro