site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सत्ता समीकरणलाई मिसन–८४ सम्मलाई निरन्तरता दिन चाहन्छ : शंकर पोखरेल
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण आगामी निर्वाचनसम्म नै अघि बढ्ने बताएका छन् ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अहिलको समीकरणको मुख्य साझेदार एमाले भएकाले समीकरणलाई मिसन–८४ सम्मलाई निरन्तरता दिन चाहेको बताए ।

KFC Island Ad
NIC Asia

सरकारले जनताको अपेक्षाअनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी बनाउन सुझाव दिने गरेको भन्दै उनले यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए । बजेटका विषयमा सत्ता साझेदार दलसँग छलफल भएको भए अझै राम्रो बनाउन सकिने एमालेको धारणा रहेको भन्दै उनले यसलाई सुझावका रूपमा लिनुपर्ने बताए ।

महासचिव पोखरेलले बजेटका बारेमा पार्टीका नेताहरूबाट जेजस्ता धारणा आए पनि आफूहरू बजेटको विपक्षमा नजाने बताए ।

Royal Enfield Island Ad

उनले बजेटमार्फत राजस्वको लक्ष्य र आकारमा सन्तुलन नमिल्दा बाह्य तथा आन्तरिक ऋण लिनुपर्ने अवस्था देखिएको र यसको असर प्रत्यक्ष उपभोक्तामा पर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro