site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सहकारी ठगीका पीडितहरूले बुधवार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझन्डा देखाउन खोज्दा प्रहरीले बल प्रयोग गरेर दमन गर्‍यो । केही दिनदेखि सहकारी ठगीका पीडितहरूले न्याय माग्दै पोखरामा विरोध प्रदर्शन गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)को कार्यक्रममा आएका दाहालले आफूलाई कालोझन्डा देखाउनुलाई प्रदर्शनकारीको ‘ब्लन्डर’ भनेका छन् । अहिलेको सरकार सहकारीपीडितका पक्षमा भएको नबुझीकन विरोध गरिएको उनको गुनासो थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुर्भाग्य, प्रदर्शनकारीले ‘ब्लन्डर’ गरेको देख्ने प्रधानमन्त्री दाहालले शान्तिपूर्ण विरोध प्रदर्शनको दमन गर्न प्रहरीले गरेको ज्यादती भने देखेनन् । प्रदर्शनकारीको मुर्ख्याइँप्रति कटाक्ष गर्ने प्रधानमन्त्री दाहालले नागरिकमाथि बल प्रयोग गर्ने प्रहरीको ज्यादतीमा माफी भने मागेनन् ।  

प्रधानमन्त्री दाहाललाई सहकारी ठगीका पीडितहरूले कालोझन्डा देखाउनु ‘ब्लन्डर’ हो वा होइन भन्ने विषयमा विवाद हुनसक्छ । तर, शान्तिपूर्ण विरोध प्रदर्शनलाई प्रहरी लगाएर दमन गर्नु भने निर्विवाद हैकमवादी अभ्यास हो ।

सरकार सहकारी ठगीका पीडितहरूको पक्षमा भएको प्रधानमन्त्रीको दाबीमा विश्वास गर्न सकिएला । तर, प्रदर्शनकारीहरू गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी’का बचतकर्ता हुन् भन्ने पनि बिर्सन मिल्दैन । 

सहकारी ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय समितिलाई दिइएको कार्यादेशमा सूर्यदर्शन बचत तथा ऋण सहकारीको नाम पनि उल्लेख गरिएको छ । यसैले लामिछाने सरकारमा भएका कारण प्रधानमन्त्रीप्रति पनि आक्रोश व्यक्त भएको हुनसक्छ ।

समुद्र र ब्रह्माको वार्तालापको एउटा पौराणिक कथाबाट पोखरामा प्रधानमन्त्री दाहालविरुद्ध कालोझन्डा प्रदर्शनको कारण बुझ्न सहज हुन्छ । सीता खोज्न लङ्का जाने क्रममा रामले पुल बाँध्न थालेपछि गुनासो गर्न गएका समुद्रलाई ब्रह्माले रावणको छिमेकी भएकाले बाँधिनु परेको भन्ने उत्तर दिएका थिए ।

जेहोस्, सहकारी ठगीको संसदीय समितिले छानबिन गर्न थालेको छ । पीडितहरूले न्याय पाउने र र्दोषीले सजाय भोग्ने आशा गर्नु अनुचित नहोला । तर, न्याय नपाउँदासम्म पीडितहरूलाई हारगुहार गर्दा वा राज्यको ध्यानाकर्षण गर्न खोज्दा दमन गर्नु भने निन्दनीय हर्कत नै हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro