site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा भारतले बनायो दुईवटा विद्यालय भवन

काठमाडौं । भारतले नेपालको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको दुई करोड ६३ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरूपमा उद्घाटन गरे ।

Dabur Nepal
NIC Asia

Indian-Emba-1717602624.jpg
 

त्यस्तै, ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । 

भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्तरूपमा उद्घाटन गरे ।

Bhadgaun-(3)-1717602624.jpeg
 

दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro