site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितले यसकारण खानु हुँदैन ‘पेन किलर’

काठमाडौं । सन् २०२४ को पाँच महिनामा ६८ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन २ सम्म ६८ जिल्लामा डेंगी पुष्टि भई एक हजार ४८ जनामा संक्रमण देखिएको जनाएको छ ।

ईडीसीडीका अनुसार सबैभन्दा धेरै काठमाडौंमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानपुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ, सिरहा र सर्लाहीमा भने यो वर्ष हालसम्म डेंगी रिपोर्ट नभएको ईडीसीडीले जनाएको छ । पछिल्लो समय भाइरल र डेंगी एकैपटक फैलिरहेका छन् । यो अवस्थामा आफूलाई के भएको हो भनी बिरामीलाई यकिन गर्न गाह्रो हुन सक्छ ।

Dabur Nepal
NIC Asia

डेंगी र अन्य ज्वरो कसरी छुट्याउने ? 
डेंगीको लक्षण अन्यभन्दा केही फरक हुन्छ, संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरू दुख्छन् । ज्वरोसँगै शरीरमा असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरू हुन् ।  

के डेंगी संक्रमण व्यक्ति–व्यक्तिबीच सर्छ ? 
डेंगी व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर, एउटै ठाउँमा बस्ने जस्तै परिवार, एउटै फ्ल्याटमा बस्ने व्यक्तिहरूमा संक्रमण भएको देखिन्छ । यसको कारण एउटै संक्रमित लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु हो ।

डेंगी फैलाउने लामखुट्टे सामान्यतया आठदेखि १२ दिनसम्ममा संक्रमण सार्न सक्षम हुन्छ र प्रजनन् समयमा यसलाई धेरै प्रोटिन चाहिने भएकाले एउटै लामखुट्टेले धेरैजनालाई टोक्ने गर्छ । यसरी एउटै लामखुट्टेबाट धेरैजनामा संक्रमण सर्न भने सक्छ । तर, मानिसबाट मानिसमा भने सर्दैन ।  

एकपटक डेंगी भएकालाई दोहोरिए कत्तिको सिकिस्त बनाउँछ ?  
डेंगी संक्रमण गराउने चार प्रकारका भाइरस हुन्छन्, डीईएनभी १, डीईएनभी २ डीईएनभी ३ र डीईएनभी ४, जसलाई सोरोटाइप भनिन्छ । 

यीमध्ये कुनै एक भाइरसका कारण संक्रमित भएको व्यक्ति दोस्रोपटक सोही भाइरसबाट संक्रमित हुँदैन । तर, सेरोटाइप फरक भएर डेंगी फैलिएमा व्यक्तिमा दोहोरिन सक्छ । डेंगी दोहोरिएका संक्रमितमा झन् कडा लक्षणहरू देखिने, गाह्रो हुनसक्छ । 

डेंगी संक्रमितले किन ‘पेन किलर’ खान हुँदैन ? 
कडा डेंगी संक्रमित भएकाहरूमा अत्यधिक शरीरको दुखाइ हुने भएकाले धेरै बिरामीले ‘पेन किलर’ खाने गरेका छन् । फ्लेक्जोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । 

यस्ता औषधिको प्रयोगले नाक, गिजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउन सक्छ । त्यसैले डेंगी संक्रमण हुँदा पेन किलर नखाइ झोलिलो तथा पोषिलो खानेकुराहरू बारम्बार खानुपर्छ र जीवनजल पानी धरै पिउनुपर्छ । 

(वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँगको कुराकानीमा आधारित) 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro