site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय चुरोटको प्रयोगमा कडाइ गरिनुपर्छ : सांसद राजभण्डारी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप)को कुलतमा १८ वर्षमुनिका बालबालिकाहरू फसेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भेप चुरोटको प्रयोगमा सरकारले कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएकी छन् । “विद्यालय जाने १८ वर्ष मुनि उमेरका धेरै बालबालिकाहरू भेपको कुलतमा फस्दै आएका छन् । रिहाव सेन्टरमा उपचारको क्रममा प्रयोग गरिने भेप सरकारले कडाइ नगरेपछि अहिले नजादिँदो रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले ठूलो संख्यामा भेपको दुरुपयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ,” उनले भनिन् । 

सांसद राजभण्डारीले बजार पहुँचमा सरकारले किन नसोचेको भन्दै प्रश्न गरिन् । थपिन्, “भेपमा निकोटिनको मात्रा धेरै थोरै भए पनि छ । यसले कलिला केटाकेटीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्ष मुनिकालाई भेपको फैलँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले सोच्नुपर्ने होइन र ? सरकार यसको लागि जिम्मेवार बनोस् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro