site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीको मुख्यमन्त्री को ? संवैधानिक प्रश्न उठाइएको रिट न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौं । कोसी प्रदेशमा एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी अर्को मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । 

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानअनुसार पदमुक्त नभएको भन्दै हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा गरिएको नियुक्त संविधानविपरीत भएको दाबी गरेका छन् । उनले कोसीका प्रदेश प्रमुखले संवैधानिक पदमा बसेर संवैधानिक भूमिका नभइ सत्ता गठबन्धनको निर्णय कार्यान्वयन मात्र गरेको भन्दै उनलाई बर्खास्त गर्न पनि माग गरेका छन् । 

केदारले आफू संविधानको धारा १६८(५) अनुसार दलीय आधारमा नभइ व्यक्तिगत उमेदवारीमा सांसदहरूको स्वतन्त्र समर्थनमा मुख्यमन्त्री बनी विश्वासको मत पाएको भन्दै संविधानतः दुई वर्षसम्म आफूमाथि अविश्वासकाे प्रस्ताव आउन नसक्ने पनि दाबी गरेका छन् । 

कार्कीले सांसदहरूले दिएको समर्थन एमाले र माओवादी केन्द्रले दलीय आधारमा फिर्ता लिन नपाउने भन्दै दुई वर्ष पूरा भएपछि मात्र सरकारको विकल्प खोज्ने बाटो रहेका उनको रिटमा दाबी गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro