site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पन्जाबमा २६ वर्षपछि भाजपा शून्यमा झर्दै !

काठमाडौं । भारतको पन्जाबमा २६ वर्षपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) शून्यमा झर्ने देखिएको छ । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा पन्जाबमा भाजपाले एक सिट पनि नजित्ने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ ।

सन् १९९८ पछि पन्जाबमा भाजपा यसपटकको निर्वाचनमा शून्यमा झर्ने देखिएको हो ।

लोकसभामा पन्जाबाट १३ सिट छ । हालसम्म भएको मत गणनामा १३ सिटमध्ये सातवटामा भारतीय राष्ट्रिय कांग्रेस, तीनवटामा आम आदमी पार्टी, एउटामा शिरोमनी अकाली दल र दुई  सिटमा स्वतन्त्र उमेदवारले अग्रता बनाएका छन् ।

मतगणना भइरहेका अधिकांश स्थानमा भाजपाका उमेदवार तेस्रो स्थानमा छन् । सन् १९९८ मा पन्जाबमा भाजपाले तीन सिट जितेको थियो भने सन् १९९९ मा एक सिट जितेको थियो । सन् २००४ मा ३ सिट, २००९ मा एक सिट, २०१४ मा एक सिट र २०१९ मा दुई सीटमा भाजपाका उमेदवार विजयी भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro