site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टुँडिखेलमा नेपाल–नेदरल्यान्ड्सबीचको खेलको प्रत्यक्ष प्रसारण र सांगीतिक कार्यक्रम

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल ओपन डोर इन्टरटेनमेन्ट र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्रत्यक्ष प्रसारणमा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि गरिने जानकारी गराइएको छ । कार्यक्रममा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भियोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा खाजा र खानाका निम्ति विभिन्न स्टल पनि राखिने बताइएको छ ।

करिब पाँच हजार खेलकुदप्रेमी टुँडिखेलमा भेला भई नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको ओपन डोर इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले बताए ।

निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा मंगलबार बेलुका ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ । प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल आज राति सवा ९ बजे सुरु हुनेछ । नेपालले एक दशकपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro