site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपद् व्यवस्थापनमा सरकार संवेदनशील हुन सकेन : कमला पन्त

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन नसकेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारमा विपद् व्यवस्थापन गर्ने प्रतिबद्धता हुनुपर्ने बताइन् । उनले विपद् व्यवस्थापन गर्ने प्रतिबद्धता सरकारमा हुने हो भने हेलम्बु, मेलम्चीलगायत विपद् जोखिम स्थानका बासिन्दाहरूले दुःख भोग्नु नपर्ने बताइन् । 

हेलम्बु र मेलम्चीमा अझै पनि जोखिम भएको भए बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको बताउँदै उनले दिगो विकासको लक्ष्य पूरा गर्नेगरी अघि बढ्न जोड दिइन् । विज्ञहरूले समस्या केलाउने मात्र नभइ समाधानका उपायहरू पनि दिनुपर्ने उनको भनाइ छ । 

“विपद् व्यवस्थापनमा राज्यले खासै संवेदनशीलता देखाएको छैन । पटक–पटक कुरा उठाएका छौँ । विपद् व्यवस्थापन गर्ने प्रतिबद्धता सरकारमा भएको भए यो हेलम्बु र मेलम्ची आसपासका व्यक्तिहरुले यति दुःख भोग्नुपर्दैन थियो । त्यहाँ समस्या छ भनेपछि बस्ती अर्को ठाउँमा लगेर व्यवस्थित गर्ने कि सधैँ आतंकित बनाउने ? जनतालाई त्यसको बारेमा छलफल हुनुपर्छ नि । मेलम्चीको जुन समस्या छ, मलाई पनि के लाग्छ भने यो जलवायु परिवर्तनको असर हो वा दिगो विकासको लक्ष्य पूरा नगर्ने हो । हामीले दिगो विकासतिर लागेका छैनौँ । विज्ञहरूले पनि यसरी समस्या मात्रै नभइ समाधान पनि देखाइदिनुपर्छ,” उनले भनिन् । 

सभापति पन्तले जलवायु परिवर्तनकै कारण मेलम्चीमा बाढी गएको हो भन्ने कुरामा सबैको एकमत हुन सके नेपालले जलवायु परिवर्तनसम्बन्धी वित्त कोषबाट मेलम्चीका लागि पनि केही सहायता प्राप्त गर्ने बताइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro