site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय निर्वाचन : कुन पार्टीका उमेदवार कति स्थानमा अगाडि ? 
SkywellSkywell

काठमाडौं । भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका छन् । 

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार बिहानबाट सुरु भएको मतगणनामा भाजपाका २३८ उमेदवारले अग्रता कायम गरेका छन् । एक भाजपा उमेदवार विजयी भइसकेका छन् । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)का ९७ उमेदवारले मतगणना भइरहेका स्थानमा अग्रता लिइरहेका छन् । 

Dabur Nepal
NIC Asia

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ः१५ बजेसम्मको अवधिमा समाजवादी पार्टीका ३२, अल इन्डिया तृणमूल कांग्रेस (एआईटीसी)का २८, डीएमकेका २१, तेल्गु देशम (टीडीपी)का १६, जनता दल (युनाइटेड)का १४, शिव सेना (उद्धव बालासाहेव थाँक्रे)का १०, नेसनलिस्ट कंग्रेस पार्टीका आठ, कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई–एम)का ६, शिव सेना–एसएचएसका ६, राष्ट्रिय जनता दलका पाँच, लोक जनतान्त्रिक पार्टीका पाँच, वाईएसआरसीपीका चार र कम्युनिस्ट पार्टी अफ इन्डियाका तीन उमेदवारले अग्रता बनाइरहेका छन् । 

भारतीय मिडियाका अनुसार हालसम्म केन्द्रमा सरकार बनाउन भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए)बीच प्र्रतिस्पर्धा देखिएको छ । 

मतगणना भएका स्थानमध्ये एनडीएका २९३ उमेदवार, इन्डिया गठबन्धनका २०३ उमेदवार र अन्य ३६ उमेदवारले अग्रता बनाएका छन् । भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu