site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी 
SkywellSkywell

काठमाडौं । आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिकाले आईसीसी ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

सोमबार अमेरिकाको न्यू योर्कमा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी ककले २० रन बनाए । हेनरिक क्लासेनले अविजित १९, ट्रिस्टान स्टुब्सले १३ रन बनाउँदा कप्तान आइदेन मार्करमले १२ रन थपे ।

श्रीलंकाका कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमै समेटिएको थियो ।

श्रीलंकाको खातामा कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । एन्गोलो म्याथ्युले १६ रन थप्दा कामिन्दु मेन्डिसले ११ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका तीन ब्याटर शून्यमा पभेलियन फर्किए ।

श्रीलंकाको ब्याटिङ लाइन धराशायी बनाउन दक्षिण अफ्रिकाका एनरिक नोर्ट्जेले घातक बलिङ गरे । चार ओभर बलिङ गरेको नोर्ट्जेले सात रनमात्र खर्चिएर चार विकेट लिए । उनको इकोनोमी रेट १.७५ को मात्र थियो । यसबाहेक, कगिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए । ओटनेल बार्टमानको नाममा एक विकेट रह्यो ।

प्रतियोगिताका दुवै टिमको यो पहिलो खेल हो । प्रतियोगिताको यो समूहमा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, नेदरल्यान्ड्स र बंगलादेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro