site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै अलआउट
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै अलआउट भएको छ ।

सोमबार अमेरिकाको न्यू योर्कमा जारी समूह 'डी'को खेलमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमै समेटिएको हो । यससँगै जितका लागि दक्षिण अफ्रिकाले ७८ रनको सामान्य लक्ष्य पाएको छ ।

Dabur Nepal
NIC Asia

श्रीलंकाको खातामा कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । एन्गोलो म्याथ्युले १६ रन थप्दा कामिन्दु मेन्डिसले ११ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका तीन ब्याटर शून्यमा पभेलियन फर्किए ।

श्रीलंकाको ब्याटिङ लाइन धराशायी बनाउन दक्षिण अफ्रिकाका एनरिक नोर्ट्जेले घातक बलिङ गरे । चार ओभर बलिङ गरेको नोर्ट्जेले सात रनमात्र खर्चिएर चार विकेट लिए । उनको इकोनोमी रेट १.७५ को मात्र थियो । यसबाहेक, कगिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए । ओटनेल बार्टमानको नाममा एक विकेट रह्यो ।

प्रतियोगिताका दुवै टिमको यो पहिलो खेल हो । प्रतियोगिताको यस समूहमा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, नेदरल्यान्ड्स र बंगलादेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro