site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
घनश्याम लामिछाने भन्छन्– नेपाली मेकरले नजरअन्दाज गरेको कथा भनेको छु 

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले मौलिक कथापछि आफूले नेपाली डायस्पोराको कथा देखाउन लागेको बताएका छन् । विदेशमा रहेका नेपालीको कथा हाम्रो आफ्नै कथा भएको उनको भनाइ छ । 

“विदेशमा रहेका नेपालीको कथा पनि हाम्रो आफ्नै कथा हो । हामी नेपालमा रहेका नेपालीको कथा भनिरहेका छौँ । तर विदेशमा रहेका नेपालीको कथा भनेका छैनौँ,” घनश्याम भन्छन्, “त्यसैले हामी नेपालीले नै भोगेको र सिनेमा मेकरले नजरअन्दाज गरिरहेको कथा चलचित्र लन्डन टु पेरिसमार्फत भन्ने प्रयास गरेका छौँ ।” 

Dabur Nepal
NIC Asia

आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लन्डन टु पेरिस’ भने बेलायतको लन्डनमा छायांकन गरेका छन् । नेपाली डायस्पोराको कथा भएकाले यो चलचित्र लन्डनमा छायांकन गरिएको छ । 

चलचित्र हेरिरहँदा दर्शकले कथाबाहिर गएजस्तो अनुभूत नगर्ने निर्देशक लामिछानेको दाबी छ । चलचित्रका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्ने उनको विश्वास छ । 

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको मुख्य भूमिका छ । 

ट्राभल लभस्टोरीको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन् । चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro