site stats
बाह्रखरी :: Baahrakhari
कला
किम्फमा कसले जिते कुन पुरस्कार ? 

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २१औं संस्करण समापन भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा अन्तिम फिल्मका रूपमा निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भएका थिए ।

निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) किम्फ २०२४ को निर्णायक निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येबाट विजेता छनोट गरेका थिए ।

Argakhachi Cement Island Ad

यस्तो छ विजेताका सूची: 
नेपाल पानारोमा 
स्पेसल मेन्सन्सः द मोंक एन्ड द रेबेल र हावाम्यान
जोइन्ट विनर: दुबिधा र नेपाली फिक्सन

नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री
स्पेसल मेन्सन्स: रोङफामु र वाग्गिङ टेल
विजेता: धाइ ड्रिम्स

इन्टरनेसनल सर्ट फिक्सन 
स्पेसल मेन्सन्स: नथिङ ग्रोज अन्डर द पाइन ट्रि र स्प्लिट इन्ड्स
विजेता: एड्जस्टेमन्ट 

इन्टरनेसनल फिचर फिक्सन 
विजेता: अ चाइल्डलेस भिल्लेज

इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ
स्पेसन मेन्सन्स: इटर्नल फ्लेम र फरवार्ड
विजेता: क्लाइम्बिङ फर गोल्ड 

फिचर डकुमेन्ट्रीतर्फ 
स्पेसल मेन्सन्स: इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्‍याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड
विजेता: रिओ रोजो
दर्शकको भोट पाउन सफल वृत्तचित्र अडियन्स च्वाइस अवार्ड: म अलप हुन चाहन्छु

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिएको छ ।  

नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपियाँ प्राप्त प्रदान गरिएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्