site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महासंघ अध्यक्ष ढकालले गरे बेलायती लगानीकर्तालाई लगानीको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीकर्तालाई लगानीका निम्ति आग्रह गरेका छन् ।

नेपालका निम्ति बेलायती राजदूत रोब फेनसँग गएको शुक्रबार भएको भेटमा उनले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराएका थिए । सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनबारे पनि उनले उल्लेख गरे ।

उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गरे । बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न उनले आग्रह गरे ।

Dabur Nepal
NIC Asia

निजी क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ८१ र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी भित्रिएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।

उनले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठ लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए ।

ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा अवगत गराए । उनले जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । “नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन । त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्,” ढकालले भने ।

भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारका बारेमा आफ्नो धारणा राखेका थिए ।

यस्तै, संघका लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसरबारे जानकारी गराएका थिए ।

त्यसक्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकामा महासंघप्रति धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि उनले राजदूत फेनलाई अनुरोध गरे ।

सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले निर्यातमा डिउटी फ्री सुविधा गुमाउने अवस्थीले बताए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका निम्ति महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro