site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मोरङको विराटनगरस्थित शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई विराटनगर महानगरपालिका–१२ स्थित आफ्नो अर्को कार्यालयमा गाभेर सेवा दिन थालेको हो ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् उक्त शाखा स्थानान्तरण गरी आइतबारदेखि रोडशेष चोक शाखा विराटनगरका नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालिएको बैंकले जनाएको छ ।

हाल हिमालयन बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम र ६५ सयभन्दा बढी पीओएस टर्मिनल्समार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro