site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट सही दिशामा छ : भुसाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. बेदुराम भुसालले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट सही दिशामा रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट बजेटको समर्थन गर्दै उनले आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक सेवाको क्षेत्रको विकास, समावेशिता र सामाजिक सुधार, सुशासन प्रवर्द्धन र सामाजिक सेवा प्रभावमा सुधारलाई जोड दिइएको बताए ।

पाँच प्राथमिकता राखेर बजेट ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा जोड दिइनुपर्ने उनले उल्लेख गरे । उनले बजेटमा आलोचना गर्नुपर्ने विषय पनि धेरै रहेको बताए ।

“...बजेटलाई म स्वागत गर्दछु र समर्थन पनि गर्दछु । आलोचना गर्नुपर्ने, सुझाव राख्नुपर्ने विषयहरू पनि धेरै नै छन् । मूलतः यो सकारात्मक छ,” उनले भने, “जुन उद्देश्य र प्राथमिकताहरू राखेर बजेट ल्याइएको छ, त्यसअनुसार कार्यक्रमहरू आए कि आएनन्, त्यसअनुसार बजेटको विनियोजन भयो कि भएन भनेर हेर्दा धेरै ठाउँमा टिप्पणी गर्नुपर्ने अवस्था छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro