site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कुवेतका अमिरले गरे नयाँ युवराज घोषणा

कुवेत सिटी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापश्चात् शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।

सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिकजगत्मा अनुभवी व्यक्ति मानिन्छन् ।

Dabur Nepal
NIC Asia

गएको मेमा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको ६ हप्तापछि संसद् विघटन गरेपश्चात् कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

गत डिसेम्बरमा राष्ट्र प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए ।

अरू खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ । सांसदहरूसँग अधिकार भए पनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार संकट निम्त्याउँछ ।

कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भन्डार छ । यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न संघर्ष गरिरहेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro