site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली टिमको अफिसियलबाट क्यान अध्यक्षको नाम हटाइयो, डाक्टर थपियो
चतुरबहादुर चन्द । फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति हाल अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको अफिसियलबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको नाम हटाइएको छ ।

विश्वकपका लागि घोषित १५ सदस्यीय खेलाडीसँगै १० अफिसियलको नाममा अध्यक्ष चन्दको पनि नाम रहेपछि क्यानको आलोचना गरिएको थियो । नेपाली टिम अमेरिका पुग्दा चन्द अफिसियलमा रहे पनि टिममा अनिवार्य रहेको चिकित्सक थिएनन् । डाक्टर नहुँदा आलोचना खेपेपछि चन्दले टिम चिकित्सक अफिसियलमा समेटेका हुन् । क्यानले अमेरिकामै डा. होमनाथ पन्तलाई टिम अफिसियलमा समेटेको हो ।

क्यानका अध्यक्ष चन्दको नाम अफिसियलबाट हटाइएपछि विश्वकपका निम्ति उनी अमेरिका र वेस्ट इन्डिजमा रहँदाको खर्च कसले व्यहोर्छ भन्ने दुविधा छ । क्यानका केन्द्रीय कार्यसमिति सदस्य दुर्गानाथ पाठकले अध्यक्ष अफिसियलमा रहनु नेपाली क्रिकेटकै लागि लज्जाको विषय भएको बताए । अध्यक्षको नाम अफिसियलबाट हटाइएपछि उनको खर्च कसले व्यहोर्ने भन्ने विषयमा कार्यसमितिमा कुनै जानकारी नआएको पाठकको भनाइ छ ।

“क्यानको अध्यक्षजस्तो मान्छे टिमको अफिसियल बनेर विश्वकपका निम्ति जानु नेपाली क्रिकेटकै लागि लज्जाको विषय हो,” पाठकले बाह्रखरीसँग भने, “अहिले अध्यक्षज्यू आफैँले आफू टिमको अफिसियलबाट बाहिरिएको बताउनुभएको छ । अब अध्यक्षज्यू त्यहाँ रहँदाको खर्च कसले व्यहोर्छ भन्ने विषयमा कार्यसमितिलाई कुनै जानकारी गराइएको छैन ।”

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro