site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा मतदानको दिन हृदयाघातका कारण ३३ कर्मचारीको मृत्यु
तस्बिर : पीटीआई ।

लखनऊ । देशभर बढिरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तीमा ३३ मतदानस्थलमा खटिएका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन् ।

भारतका विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार, उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ ।

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ कर्मचारीको मृत्यु भएको बताए । तथ्यांकमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारी समेत समावेश छन् ।

“मृतकको परिवारलाई १५ लाख भारतीय रुपैयाँ (१८ हजार अमेरिकी डलर)को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ,” रिन्वाले पत्रकारलाई बताए ।

जब कोही व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अंगहरूले काम गर्न छोड्ने भई मृत्यु हुने विशेषज्ञ बताउँछन् । “बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए । मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो, जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो,” रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउँदै भने ।

बढ्दो तापक्रमसँग भारत अपरिचित छैन । तर, जलवायु परिवर्तनले तातो हावा लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौँको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro