site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपको उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको सहज जित
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो ।

जितका लागि १९५ रनको लक्ष्य पाएको अमेरिकाले १७.४ ओभरमा १९७ रन बनायो ।

Dabur Nepal
NIC Asia

अमेरिकाको जितमा आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४० बलमा ९४ रन बनाए । आन्ड्रिस गोसले ६५ रन बनाउँदा कप्तान मोनांक पटेलले १६, कोरी आन्डर्सनले तीन रन बनाए ।

बलिङतर्फ क्यानडाका कलीम सना, जेरेमी गोर्डन र निखिल दत्तले एक–एक विकेट लिए ।

त्यसअघि क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ६१ रन बनाएका थिए । निकोलश किर्टनले ५१ रन बनाउँदा श्रेयस मोवाले ३२ रन बनाए । आरोन जोनसनले २३ रन, दिलप्रीत बज्वाले ११, पर्गत सिंहले पाँच रन तथा डाइलन हेलिगरले एक रन बनाए ।

अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरे आन्डर्सनले समान एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro