site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियाल मड्रिडलाई १५औँ पटक च्याम्पियन्स लिगको उपाधि
SkywellSkywell

काठमाडौं । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियाललाई जित दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे । 

Dabur Nepal
NIC Asia

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ७४औँ मिनेटमा कार्भाहालको गोलमा रियालले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा कार्भाहालले सन् २०१५ पछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् । कार्भाहालले गोल गरेको नौ मिनेटपछि जुनियरले गोल गर्दै रियालको अग्रता दोब्बर बनाएका थिए ।

८७औँ मिनेटमा डर्टमन्डका फुलक्रुगले हेडर गोल गरे पनि लाइन्समेनबाट अफसाइडको इसारा भएपछि जर्मन क्लब रियालको अग्रता घटाउन असफल भएको थियो । त्यसअघि २३औँ मिनेटमा मार्सेल साबिटजरको प्रहार बारमा लागेर फर्किनु डर्टमन्डका लागि दुर्भाग्य बन्यो ।

रियाल मड्रिड सन् २०२२ पछि च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu