site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अत्यधिक गर्मीले गुलरियाका विद्यालय थप ६ दिन बन्द

बर्दिया । अत्यधिक गर्मीका कारण गुलरिया नगरपालिकाका विद्यालय थप ६ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुने गरी र विद्यालयको प्रशासनिक कार्यमा बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको हो ।

Dabur Nepal
NIC Asia

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन् ।

गर्मीका कारण लू लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा. पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र संक्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro