site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अघोषित विद्युत् आपूर्ति हटाउन कोसीका उद्योगीको माग 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशको औद्योगिक कोरिडोरमा हुने अघोषित विद्युत् कटौती बन्द गर्न उद्योगीले माग गरेका छन् ।

औद्योगिक लोडसेडिङका बाबजुद नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत् निर्यात गर्न थालेको भन्ने विभिन्न सञ्चार माध्यमहरूबाट प्राप्त समाचारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको कोसीका उद्योगीको भनाइ छ ।

मोरङ उद्योग व्यापार संघले शुक्रबार एक अपिलमार्फत भनेको छ, "नेपाल विद्युत् प्राधिकरणले विगत केही महिनादेखि स्वदेशी उद्योगहरूको आवश्यकता अनुरूप विद्युत् आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित तवरले दिनहुँ १२ घण्टासम्मको लोडसेडिङ हुने गरेको छ ।"

गत सोमबारदेखि प्राधिकरणले ४०० मेगावाट विद्युत् भारत निर्यात गरिरहेको भन्ने समाचार आश्चर्यजनक भएको संघले जनाएको छ ।

“विद्युत् आपूर्ति अभावमा एकातर्फ स्वदेशी उद्योगहरू पूर्णरूपमा सञ्चालन हुन नसकिरहेको, स्वदेशी उत्पादकत्वमा ह्रास आएको तथा उत्पादित वस्तुहरूको अभावमा महँगी बढेको अवस्था छ भने अर्कोतर्फ सरकार स्वदेशी उद्योगहरूको हकहित, संरक्षण एवं सम्बर्द्धका निमित्त विभिन्न नीतिहरू र संयन्त्रहरू अपनाउन प्रयत्नशील रहेको छ,” अपिलमा भनिएको छ ।

तथापि, स्वदेशी उद्योगहरूलाई आवश्यकता अनुरूपको विद्युत् आपूर्ति नगरी तथा अघोषित लोडसेडिङको मारमा राखेर नेपाल विद्युत् प्राधिकरणले ‘आन्तरिक खपतपछि बचत भएका विद्युत् भारत निर्यात गर्न थालेको’ भन्ने भ्रमपूर्ण जानकारी दिनुबाट प्राधिकरणले स्वदेशी उद्योगहरूप्रति अन्याय गरेको देखिएको संघले जनाएको छ ।

मुलुकको उत्पादकत्व एवं आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगहरूको संरक्षणार्थ नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित सबै निकायहरूसमक्ष विद्युत्को स्वदेशी खपत तथा आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिएर मात्र बाँकी रहेको विद्युत्को निर्यात गर्न संघले माग गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro