site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैन : अर्थविद् पौडेल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सुधारका कुनै पनि नीति नल्याएको दाबी गरे ।

KFC Island Ad
NIC Asia

सरकारले ल्याएको नयाँ सुधारको नीतिले नयाँ उद्योग थप्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ । उनले सरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही नभएको पनि बताए ।

विगतका बजेटमा मन्त्रालयगत नयाँ सुधार योजना स्पष्ट गरिने तर अहिलेको बजेटमा सुधारका योजना नभएको बताए । उनले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको पनि त्यहाँ खल्तीका योजनाहरू आउने गरी बजेट ल्याइएको बताए ।

"सरकारले ल्याएको बजेटमा नयाँ कुराहरू केही छैन । सुधारका कुरामा विगतका बजेटमा मन्त्रालयगत, नयाँ सुधार योजना हुँदा स्पष्ट गरिन्थ्यो । त्यो भएकाले मुख्य ड्राइभर भनेर हेर्ने भौतिक पूर्वाधार र सहरी विकासमा बजेट बढेको छ । त्यहाँ खल्तीका योजनाहरू आउने डर छ । त्यो भयो भने खर्च हुँदैन । कृषि, शिक्षा र स्वास्थ्यको बजेटको प्रतिशत घटेको छ । निजी क्षेत्र बजेटबाट उत्साहित हुनुपर्ने आवश्यकता छैन । कुन नीतिले उद्योग क्षेत्रमा नयाँ उद्योग थप्ने त्यो देखिएको छैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro