site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीको निर्देशनमा ट्राफिक प्रहरीले थालेको कारबाहीविरुद्ध सर्वोच्चमा रिट
SkywellSkywell

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ट्राफिक प्रहरीले थालेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मापसेसहित ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा सडकमा उतार्ने कार्यले सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर हनन् भएको भन्दै कारबाहीमा परेकाहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिट दायर गर्नेमा बझाङका कृष्ण विक, स्याङ्जाका आकाशकुमार भट्ट, रसुवाका रवीन्द्र पौडेल, भक्तपुरका प्रमेश पौडेल, ललितपुरका उज्वल माली, पर्साका इमामुल हक र चितवन घर भइ हाल तारकेश्वर बस्ने राजु परियार छन् । 

KFC Island Ad
NIC Asia

रिटकर्तामध्ये चारजना २२ वर्षका एक २३ वर्षका, एक २१ वर्षका र एकजना ४९ वर्षका छन् । रिटमा गृहमन्त्री रवि लामिछाने, ट्राफिक प्रहरी, महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । 

रिटमा कानुनले नदिएको सजाय गृहमन्त्रीको आदेशमा भइरहेको भन्दै जुन कदम कानुनी राज्यको खिलाफमा रहेको उल्लेख छ । नेपालको फैजदारी संहिताको दफा ४, ७ ले कानुन बामोजिमबाहेक सजाय नहुने व्यवस्थाविपरीत गृहमन्त्रीको आदेशमा कारबाही सुरु भएको उल्लेख छ । संसद्ले बनाएको यातायात तथा सवारी ऐन २०४९ ले ज्यानसम्बन्धी कसुरमा बाहेक ट्राफिक प्रहरीले नागरिकलाई शारीरिक कारबाही गर्न नपाउने व्यवस्था गरेको पनि रिटकर्ताको दाबी छ ।

Royal Enfield Island Ad

यी कानुनी प्रावधानविपरीत गृहमन्त्रीको मन्त्रिस्तरीय निर्णयका आधारमा सजाय दिन सुरु गरिएको र त्यो सजाय पुरातन ‘बारवारिक’ जस्तै भएको दाबी गरिएको छ । कानुनी राज्यमा कानुनअनुसार मात्र सजाय हुनुपर्नेमा गृहमन्त्रीको निर्णयले सुरु भएको कारबाही मानव मर्यादाविपरीत भएको दाबी गरिएको छ । कानुनविपरीतका सजाय सर्वोच्चसहितका अदालतले समेत नगर्ने भन्दै व्यक्तिको तलविजमा भएका निर्णय र कारबाहीका सबै प्रक्रिया खारेजीका लागि अन्तरिम आदेश माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro