site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केन्याका पर्वतारोहीको शव सगरमाथामै छोड्न चाहन्छ परिवार

काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका केन्याका पर्वतारोही जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने उनको परिवारले जनाएको छ ।

‘सप्लिमेन्टरी’ अक्सिजनको अभावमा गएको साता उनको मृत्यु भएको थियो । ४० वर्षीय उनी सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि खसेको जनाइएको छ । उनीसँगै नेपाली गाइड पनि थिए ।

त्यति उच्च स्थानबाट उनको शव तान्न उद्धार टोलीलाई कठिनाइ भएको उनको परिवारले जनाएको छ ।

नेपालको पर्यटन विभागका अधिकारीहरूले भने शव हिमालमा छोड्नु कानुनविपरीत हुने जनाएका छन् ।

अनुभवी पर्वतारोहीलाई समेत सगरमाथा आरोहण निकै कठिन मानिन्छ । जोशुवाले अक्सिजन प्रयोग नगरी आफू सगरमाथा आरोहण गर्ने पहिलो अफ्रिकी हुने आशा लिएका थिए । उनले नेपाली पर्वतारोही नवाङ शेर्पासँगै सगरमाथा आरोहण गरेका थिए । शेर्पा भने अझै हराइरहेका छन् ।

जोशुवाको परिवारले गएको बुधबार जारी गरेको विज्ञप्तिमा सबै घटनालाई विचार गरेर उनको शव सगरमाथामा नै छोड्ने निर्णय गरिएको जनाएको छ । उनको शव बाहिर तान्न करिब एक लाख ९० हजार डलर खर्च हुने र त्यसका निम्ति आठ मानिस आवश्यक पर्ने जनाइएको छ ।

नेपाली अधिकारीहरूले भने जोशुवाको एक्सपिडिसन अपरेटरले अर्को पर्वतारोहण सेसनसम्म उनको शव ल्याइने प्रतिबद्धतापत्र दिनुपर्ने जनाएका छन् । अधिकारीहरूले जोशुवाको शव निकाल्न सकिने स्थानमा नै रहेको समेत जनाएका छन् ।

अहिले पनि सगरमाथामा २०० देखि ३३० शव छोडिएको अवस्थामा रहेको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro