site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस आन्दोलनमा ढालिएकाे गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठड्याइयो
फाइल तस्बिर

पर्सा । वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । 

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उहाँको विचार र आदर्शलाई भत्काउन सकिँदैन,” उनले भने, “मधेस, पहाड र हिमालका जनताले पूर्वप्रम कोइरालले लोकतन्त्र स्थापनाका निम्ति गर्नुभएको योगदान नेपालीले नबिर्सने मेरो विश्वास छ ।”

उनले सालिक निर्माण ११ लाख रुपैयाँ र अन्य पूर्वाधार निर्माणमा पाँच लाख रुपैयाँ खर्च भएको बताए । “प्रदेश सरकारको करिब १६ लाख रुपैयाँ बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारेका छौँ,” उनले भने, “कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ ।” 

आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिनेछ । कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro