site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यादवले विश्वासको मत लिनुअघि नै जनमतबाट मधेसको मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिुनुअघि नै मुख्मन्त्रीमा दाबी पेस गर्ने केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले निर्णय गरेका छन् । 

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पाँच दलबीच जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको जनाकारी दिए ।

उनका अनुसार केन्द्रीय गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी), जनमत, एकीकृत समाजवादीले जनमतको नेतृत्वमा सरकार बनाउने तयारी गरेका हुन् । यो गठबन्धनमा केन्द्रमा प्रतिपक्षमा रहेको दल लोसपा नेपाल पनि सहभागी हुने उनले बाह्रखरीलाई जानकारी दिए । 

“मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि हामी हस्ताक्षर बुझाउन प्रदेश प्रमुखकोमा जान्छौँ । सम्भवतः भोलि नै बहुमत दाबी पेस गर्छौं,” उनले भने । 

१०७ संसदीय मधेस प्रदेशसभाबाट सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, जनमत र लोसपा मिल्दा पनि आवश्यक बहुमत ५४ पुग्छ । 

राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग १–१ सिट छ । तीमध्ये नागरिक उन्मुक्ति र संघीय समाजवादीलाई पनि मिलाउने तयारी रहेको उनले बताए । 

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले पनि दलहरूबीच सहमति भएको र भोलि दाबीसहित प्रदेश प्रमुखकोमा जाने तयारी भएको बताए ।  

“हामी भोलि दाबीसहित प्रदेश प्रमुखकोमा जान्छौँ । हामीले गठबन्धनमा सहभागी हुन लोसपालाई पनि अनुरोध गरेका छौँ,” उनले बाह्रखरीसँग भने ।

Sahamati-1717077114.png
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro