site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोब्बरले बढे ओपीडीमा सेवा लिने बिरामी : आर्थिक सर्वेक्षण 

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ओपीडी सेवा लिने बिरामीको संख्या गत वर्षभन्दा करिब दोब्बरले बढेको छ । सरकाले केही दिनअघि सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो । 

चालु आर्थिक वर्षको फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाका ओपीडी, अन्तरंग र आकस्मिक गरी चार करोड ६० लाख ५६ पटक सेवा प्रवाह भएको छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म यी सेवा दुई करोड ८८ लाख पटक प्रवाह भएको थियो । 

बिरामीले कुल सेवामध्ये सबैभन्दा धेरै अन्तरंग अर्थात् ओपीडी सेवा लिएका छन् । जसको ९२.६ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको अन्त्यसम्म अन्तरंग, बहिरंग र आकस्मिक गरी पाँच करोड ८४ लाख १५ हजार पटक सेवा प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षमा भने यो संख्या फागुन अन्त्यसम्म नै चार करोड ६० लाख ५६ हजार पटक प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro