site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अलास्कामा कसरी भए सुन्तला रङका खोला ?

अलास्का । अमेरिकाको अलास्कास्थित नदी र खोलाहरूको रङ सफा, प्रस्ट निलो हुँदै खिया लागेको जस्तो सुन्तला रङमा परिवर्तन भएको पाइएको छ । जमिनको सतहमा रहेका फ्रोजन माटो, ग्राभेल, बालुवालगायत वस्तु गल्नु र विषालु धातुका कारण यस्तो भएको एक अध्ययनले देखाएको छ ।

उक्त तथ्यले नेसनल पार्क सर्भिस, डेभिसस्थित युनिभर्सिटी अफ क्यालिफोर्निया र यूएस जिओलोजिकल सर्भेका अनुसन्धाता आश्चर्यमा परेका छन् । उनीहरूले अलास्काका विभिन्न ७५ स्थानका खोलाको ‘वाटरवेज रेन्ज’को अध्ययन गरेका थिए ।

नदी र खोलाको रेन्ज विगत पाँचदेखि १० वर्षमा खिया लागेको जस्तो देखिँदै बादल र सुन्तला रङको हुने गरेको अध्ययनमा देखिएको छ । त्यससम्बन्धी अध्ययन जर्नल कम्युनिकेसन्स : अर्थ एन्ड इन्भायरन्मेन्टमा प्रकाशित छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro