site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बजेटमा शिक्षा : विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीलाई छात्रवृत्ति र सहुलियत 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का निम्ति मन्त्रालयगत बजेटमा सबैभन्दा धेरै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएको छ । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

समृद्धिको आधार शिक्षामा गुणात्मक सुधार नारासहित शिक्षा अर्थपछिको दोस्रो ठूलो बजेट पाउने मन्त्रालय बनेको छ । चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयले एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बजेट पाएको थियो । 

आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेटमा निःशुल्क आधारभूत शिक्षाको हक सुनिश्चित गर्ने प्रतिबद्धता कायम छ । हाल कायम गरिएका समूहलक्षित छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै थप केही कार्यक्रमको घोषणा बजेटले गरेको छ । 

अतिविपन्न र सीमान्तकृत वर्गका बालबालिकाका निम्ति हाल कक्षा ९ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएकोमा अब कक्षा ६ देखि १२ सम्म नै दिइने बजेटमा उल्लेख छ । यसबाट ४५ हजार विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ । विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका निम्ति ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

प्राविधिक उच्च शिक्षामा दलित समुदायका विद्यार्थीको पहुँच बढाउन गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ । प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

उच्च शिक्षाअन्तर्गत चिकित्सा शिक्षामा प्रदान गरिँदै आएको समूहलक्षित छात्रवृत्तिलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । यस्तै, चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सूचना प्रविधिलगायत उच्च शिक्षा अध्ययनका निम्ति चक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराउने सरकारको घोषणा छ । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro