site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२२ देशका ६० चलचित्र देखाउने किम्फ आजदेखि सुरु 
SkywellSkywell

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २१औँ संस्करण आजदेखि सुरु भएको छ । राष्ट्रियसभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने फेस्टिभल जेठ २० गतेसम्म चल्नेछ ।  
 
काठमाडौं महानगरपालिका सह–आयोजक रहेको फेस्टिभलमा २२ देशका ६० वटा चलचित्र प्रदर्शन हुनेछन् । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत स्वदेशी प्रतिभाका चलचित्र प्रदर्शन हुनेछन् । 

फेस्टिभलको पहिलो चलचित्र इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ छ । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ । 

KFC Island Ad
NIC Asia

महोत्सवको आयोजक संस्था किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमहरूको लाइन–अपमार्फत दर्शकलाई मनोरञ्जनसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद हुनेछ ।  

किम्फ २०२४ को निर्णायकमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र,  सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरोमा विधाका १३ वृत्तचित्रसँगै १६ आख्यान मध्येबाट विजेता छनोट गर्ने आयोजकको विज्ञप्तिमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानक चलचित्रलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानक चलचित्रलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ । 

नेपाल पानोरोमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro