site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वार्मअफ खेलमा अस्ट्रेलियाको सहज जित

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपअघिको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियाविरुद्ध सात विकेटको सहज जित निकालेको छ । मंगलबार पोर्ट अफ स्पेनमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको १२० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

अस्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ५४ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । टिम डेविडले २३, कप्तान मिचेल मार्सले १८ र म्याथ्यु वेडले १२ रन बनाए ।

नामिबियाका बर्नार्ड स्कल्जले दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।

नामिबियाका जेन ग्रिनले सर्वाधिक ३८ रन बनाए । मलान क्रुगरले १८, कप्तान गेरार्ड इरास्मसले १५, निकालेस ड्याभिनले १४ र जेपी कोट्जेले १३ रन बनाए ।

अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । जस हेजलवुडले दुई विकेट लिँदा नाथन इल्स र टिम डेविडले समान एक विकेट लिए ।

मंगलबार नै हुने तय भएको अर्को वार्मअफ खेल भने वर्षाका कारण रद्द भएकाे छ । अमेरिका र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro