site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्ते बाख्रो’को मुख्य भूमिकामा सौगात

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा सौगात मल्ल अनुबन्ध भएका छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जन्ते बाख्रो’ केही समयअघि निर्माण घोषणा गरिएको थियो । 

यो चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरूले ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा काम गरेका थिए । 

भदौबाट छायांकन गरिने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको छ । 

बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि रहने निर्माणपक्षले जनाएको छ । 

चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro