site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पेन्सनधारीको कर घटाउने बेलायती प्रधानमन्त्रीको घोषणा, गोर्खा सैनिक पनि लाभान्वित हुने

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ८० लाख पेन्सनधारीको कर घटाउने जनाएका छन् । आउँदो जुलाई ४ मा बेलायतमा संसद्को निर्वाचन हुन लागेको बेलामा उनको कन्जरभेटिभ पार्टीलाई लाभ हुने गरी सो घोषणा गरेका हुन् ।

सोमबार उनले पेन्सनरलाई ट्याक्स फ्री एलाउन्स कम्तिमा २ दशमलव ५ प्रतिशतसम्म बढाएका हुन् ।  जसअनुसार करिब ८० लाख पेन्सनरलाई आउँदो २०२५ मा करिब १०० पाउण्ड कम कर लाग्नेछ । साथै २०३० बाट वार्षिक रूपमा २७५ कम कर लिइने प्रधानमन्त्री सुनकले जनाएका छन् ।

सुनकले अहिलेको यो साहसिक निर्णयले आफ्नो पार्टी पेन्सनरको पक्षमा रहेको देखाएको जनाएका छन् ।  बेलायतमा ठूलो संख्यामा रहेका ब्रिटिश गोर्खा सैनिक पनि यसबाट लाभान्वित हुन सक्नेछन् । अलजजीरा
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro