site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जनमुखी बजेट बनाउन अर्थमन्त्रीलाई भनेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको गुनासो नआउने जिकिर गरेका छन् । मंगलबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा उनले विगतका वर्षमा त्यसबारे तादात्म्य नमिलेको गुनासो आउने गरेको उल्लेख गरे ।

नीति तथा कार्यक्रममा कहाँ कसरी हुन्छ मिल्ने गरी जनमुखी बजेट निर्माणका निम्ति आफूले अर्थमन्त्रीलाई भनेको उनले जानकारी दिए । सोही ‘स्पिरिट’मा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्रीले बताएको उनको सचिवालयले जानकारी गराएको छ ।

आयोगको बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना पारित गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकबाट बजेटसँगै संसद्‌मा पेस गरिने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरिएको हो ।

बजेटसँगै संसद्‌मा टेबुल गरिने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट पारित गर्ने गरिएको छ ।

आयोगका अनुसार, सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रूपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्ने गरी निश्चित गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro