site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वार्मअप खेलमा नेपालले क्यानडाबाट पायो १८४ रनको लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं  आईसीसी ट्वान्टी–२० विश्वकपअघिको पहिलो वार्मअप खेलमा नेपालले क्यानडाबाट १८४ रनको लक्ष्य पाएको छ ।

सोमबार डल्लासमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

क्यानडाका निकोलस किर्टोनले ५२ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । रविन्द्रपाल सिंहले ४१, डिलोन हाइलिजरले १३, नवनित धनिवालाले ३२, पर्गत सिंहले १३ र आरोन जोन्सनले १० रन थपे ।

नेपालका अभिनाश बोहराले दुई विकेट लिए । करण केसी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

ट्वान्टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro